CARDLESS ATM WITHDRAWAL “ LAUNCHING SOON IN ASSOCIATION WITH CIVIL BANK AND HAMRO TECHNOLOGY

अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा.लि.ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा सुरू गर्न लागेको हो। हाल बैंक, वित्तीय संस्था तथा सहकारी गरी २ सयभन्दा बढीले ‘एम बैंक’ एप प्रयोग गर्दै आएका छन्।

आफ्नो खाता भएको संस्थाले प्रयोग गर्ने ‘एम बैंक’ एपको माध्यमबाटै ग्राहकले सिभिल बैंकको नेपालभर रहेका ६८ एटिएमबाट कार्डबिना रकम झिक्ने सुबिधा पाउने छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले यो प्रविधि सफल रुपमा परीक्षण भइसकेको जानकारी दिए। केही दिनमै यो प्रविधिको लञ्च गरिने उनले बताए। ‘कार्डबिना एटिएमबाट पैसा निकाल्न सकिनेगरी सबै प्राविधिक काम सकेका छौँ,’ महर्जनले सेतोपाटीसँग भने।

अब एटिएम नै सञ्चालन नगरेका विकास बैंक, फाइनान्स तथा सहकारीका ग्राहकले समेत यो लाभ पाउने छन्। एटिएम सञ्चालन नगरेका विकास बैंक, फाइनान्स र सहकारी संस्थाहरु यो प्रविधिमा जोडिएर ग्राहकलाई सेवा प्रदान गर्न सक्नेछन्।

टेक्नोलोजी कम्पनीले अहिलेसम्म १० वटा विकास बैंक तथा फाइनान्स र २ सय भन्दा बढी सहकारी संस्थालाई स्मार्ट मोबाईल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ती संस्थामा अहिलेसम्म एक लाखभन्दा बढी मोबाईल बैंकिङ ग्राहक रहेको टेक्नोलोजीका बिजनेस प्रमुख अधिकृत सन्जय महासेठले बताए। यो सेवा लिनका लागि हाम्रो टेक्नोलोजीमा आबद्ध वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङको सुविधा लिएको हुनुपर्छ।

‘मोबाइल बैंकिङको सुविधा लिएका ग्राहकलाई सम्बद्ध संस्थाले दिने मोबाइल एपको प्रयोगमार्फत कार्डबिना पैसा झिक्न सकिन्छ,’ महासेठले भने। ग्राहकले लिने यो एप वित्तीय संस्थापिच्छे आफ्नै लोगोसहित फरक फरक हुन्छ।

‘जुन वित्तीय संस्था वा सहकारीमा खाता छ, त्यसकै एपमार्फत यो सुविधा लिने हो,’ उनले भने।

एपमार्फत आफूले झिक्ने रकम, खाता भएको वित्तीय संस्थाको खाता नम्बर भरेर ओटिपी (वन टाइम पासवर्ड) का लागि अर्डर गरिन्छ। सो अर्डरपछि अटोमेटिक रुपमा वित्तीय संस्थामा रजिस्टर्ड आफ्नो मोबाइल नम्बरमा ६ अंकको ओटिपी प्राप्त हुन्छ जुन एक पटकको प्रयोजनका लागि मात्र मान्य हुनेछ।

अब सिभिल बैंकका एटिएममा गई स्कृनमा देखिने ‘कार्डलेस ट्रान्जेक्सन’ अप्सन छनोट गरिन्छ। सबै एटिएममा अहिले ‘कार्डलेस ट्रान्जेक्सन’ अप्सन राखिसकिएको महासेठले बताए।

सो अप्सनमा क्लिक गरिसकेपछि मोबाईल नम्बर, निकाल्ने रकम र ६ अंकको ओटिपी भरेर ‘इन्टर’ वा ‘ओके’ गरिन्छ। त्यसलगत्तै एपमार्फत अघि अर्डर गरिएको रकम एटिएमले झार्छ।

ओटिपी प्राप्त गरेको २ घण्टाभित्र रकम झिकिसक्नुपर्ने व्यवस्था गरिएको छ। सो अवधिभित्र रकम नझिकिएमा खातामै रकम फिर्ता हुन्छ। त्यसपछिको अवधिमा रकम झिक्नुपरेमा पुनः अर्को ओटिपी लिनुपर्छ। प्रयोग हुँदै गएपछि सहजताका लागि यो अवधि बढाउन वा घटाउन पनि सकिने उनले बताए।

एक पटक कारोबार गर्दा खाताबाट २५ रूपैयाँ कटौती हुनेछ। यो सुरक्षित पनि हुने महासेठको दाबी छ। ‘प्रदान गरिएको ओटिपी पासवर्ड एक पटकका लागि मात्रै मान्य हुने भएकाले जोखिम न्यून रहन्छ,’ महासेठले भने, ‘कार्डमा जस्तो पासवर्ड ह्याक हुने सम्भावना हुँदैन।’

खल्तीमा कार्ड बोक्नु नपर्ने, हराउने वा चोरिने डर नहुने र रेमिट्यान्सका रुपमा समेत यसको प्रयोग गर्न सकिने प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए।

‘काठमाडौंमा भएको व्यक्तिले १० हजार रुपैयाँ झिक्नेगरी एपमार्फत विवरण भरेर ओटिपी अर्डर गर्छ, उसले तुरून्त मोबाइलमा ६ अंकको ओटिपी अर्थात पासवर्ड पाउँछ।  सो पासवर्ड पोखराको साथीभाई तथा आफन्तलाई पठाएर सिभिलको एटिएममार्फत १० हजार रुपैयाँ झिक्न लगाउन सकिन्छ,’ उनले उदाहरण सुनाए।

अहिले रेमिट्यान्स कम्पनीहरुमार्फत रकम पठाउँदा लाग्ने शुल्कभन्दा यो सस्तो रहेको उनले दावी गरे। रेमिट्यान्स कम्पनीमार्फत पठाउँदा न्यूनतम एक सय रुपैयाँ शुल्क तोकिएको छ तर यो सुविधामार्फत पठाउँदा २५ रुपैयाँ मात्रै शुल्क लाग्छ। ‘रेमिट्यान्स कम्पनीमा गई फारम भर्नुपर्ने, नागरिकता बोक्नुपर्ने जस्ता समस्या पनि रहेन,’ महर्जनले भने ‘रेमिट्यान्सका रुपमा यो अझ विस्तार हुने अपेक्षा छ।’

यसरी एक पटकमा झिक्ने रकम राष्ट्र बैंकले एटिएमका लागि तोकिएको सीमासरह नै हुनेछ। अर्थात हाल एक पटकमा २५ हजार रूपैयाँसम्म वा प्रतिदिन १ लाख रुपैयाँसम्म झिक्न सकिनेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६, १२:००:००

https://www.setopati.com/kinmel/banking/179245?fbclid=IwAR3qLnBa0n9DXC_g-_wE7x3n5ia9uXJ6Qbzb6gdj-M5iU0zlFKe5Z9WRVAs

http://bizpati.com/promoted-content/24969?fbclid=IwAR2rsCbAfFdgJ5_nDkHSQ_mUPPHXYsfN62DL2jZ6V5LDFC4Bpb3_a6MaZgo

http://www.abhiyan.com.np/?p=336527&fbclid=IwAR1bOoySSec0dXaU_pUJjKKczFDaYVJAbcA7Sh9JcSIIXxxq2Ytal4QEc7g

https://ratopati.com/story/84970/2019/4/24/cardless-atm?fbclid=IwAR1y5us25YgYp6YJk-S7jk7geIYR_yXT7ffprznlh3_wxuouyXd6s60rYwE

About The Author

hamroadmin

CONTACT HAMRO TECHNOLOGY

Here is how you can contact us.

Address:

Hamro Technology Pvt. Ltd.
Gyanodaya Marg, Kalanki, Kathmandu

Phone:

+977-9801130007, +977-9801130008